Friday, February 02, 2007

“राजुराजाराम” एक समिक्षा


“राजुराजाराम” एक समिक्षा
कामना (जल शाह) अ‍ाफ्नो जेठाजुको कालो छायाँबाट बच्नको लागि एउटा गाउँमा अ‍ाइपुग्छन्। त्यस गाउँमा राजु (राजेश), राजा (शिव), र राम (भूवन) असाध्यै मिल्ने साथीका रूपमा रहेका हुन्छन् । उमेर नाघिसकेता पनि उनीहरू विवाहको लागि मञ्जुर नरहेको कुरा उल्लेख गर्दै चलचित्र सुरू हुन्छ । तर कामनालाई देखेपछि भने तिनै जनाको मन फेरिन्छ। तिनै जना कामना संग विहे गर्ने रहर गर्छन् । विवादले चरम रूपलिंदा उनीहरू बीच हानाहान पर्छ र त्यो सुल्झाउन गाउँका मुखिया (जस्कोघरमा लामनालाई अतिथिलो रूपमा राखिएको हुन्छ), राजु, राजा, र रामका पिताहरू र कामना पनि ति तीनको रणमैदानमा गएर झगडा शान्त पार्छ। रामले अ‍ाफूहरू मध्ये कुनै एक सँग विहेको लागि चुन्न भन्छ। रिसले चुर कामना अ‍ाफ्नो निर्णय तिनै जनाको गालामा पोख्छिन्। लगत्तै उनी मुर्छा पर्छिन् । चिकित्सकको मुखबाट दुईजिउकी हुँदा यी कुरा सामान्य हुन् भनेपछि तात्तिएकी मुखिनी अ‍ामा बेकाबु भई कामनालाई जगल्त्याउँछन् । कामानाले मौखिक प्रतिकार गर्दै अ‍ाफुले कुनै पाप नभइ प्रेमको चिनो बोकिरहेको बताउँछिन् र अ‍ाफु जेठाजूको कुचक्रबाट अ‍ाफ्नो ज्यान जोगाउन गाउँ भागेर अ‍ाएकी कुरा खुलाउँछिन् ।
यस्तो अन्यायको कुरा सुनेर गाउँका ब्रम्हा, विष्णु र महेशका रूपमा रहेका राजु, राजा, राम बदला लिने कुरा गर्छ। तर कामनाले अ‍ाफ्नो सन्तानले नै बदला लिने बताउँछन् । उता अ‍ाफुलाई केहिपनि नदिइ सारा सम्पत्ति नातिको (भाइको सनतान) नाम गर्ने बाउ र सौतेनि भाइ कर्णलाई मारेर पनि सम्पत्ति हात पार्न नसकेका सौतेनी दाइ अजित (खलनायक) कामनाको खोजिमा निस्कन्छ । कामनाले शरण लिरहेकै गाउँमा अजित र उनकाचम्चाहरू अ‍ाइपुग्छन् । संयोगवस त्यही दिनमा कामना सुत्केरी हुन्छन्। नवजात शिशुलाई छोडेर उनी ति खलपात्रहरूको लल्कार स्वीकार्न अ‍ाउँछन् । त्यसैक्रममा त्यहाँ रामको प्रवेश हुन्छ । रामलाई मरणाशन्न कुतेपछि कामानालाई अपहरणगरी लगिन्छ। बाटोमा राजु सँग जम्काभेट हुन्छ। घम्साघम्सिपछि अजितका चम्चेहरूले उनलाईपनि घाइते बनाइ कामनालाई लग्छन्। त्यसपछि कामनालाई अपहरणबाट जोगउने पालो राजाको हुन्छ।राजाले गुण्डाहरूलाई पराजित नै गरिसकेका हुन्छन्, त्यसैक्रममा अजितलको पेस्तोलको गोलीराजाको पाखुरामा पस्छ । उत्तिखेर नै राजु र राम अइपुग्छन् र तीनैजनामिली बचेका गण्डाहरूको धुलाईगरी कामनालाईमुक्त गर्न खोज्छन्। अजितले अ‍ाफु र अ‍ाफ्ना मान्छेको ज्यान जोगाउन कामना लाई मानव ढाल बनाउँछ र उनलाई त्यहाँबाट लैजान्छन् । बाटोमा कमलाले अर्को छोरो पाउँछन् । अजितले त्यो बच्चालाई मार्ने प्रयास गर्छ तर बच्चा बच्छ। बचे पनि बच्चा सुस्तमनस्थितीको हुन्छ ।
यता गाउँमा रहेका बच्चा राजु, राजा, र रामको पालनपोषणमा हुर्कन्छ । उसको नाम राजुराजाराम राखिन्छ । राजुराजाराम अ‍फ्ना अभिभावक झैं गाउँकै फुर्तिलो र बलियो युवकको रूपमा हुर्कन्छ । उनी ठूलो भएपछि क्यम्पस पढ्‍न शहर पस्छ।
काठमाण्डौंमा कामना कष्ठकर जीवन यापन गरिरहेकीहुन्छन् । सुस्तमनस्थिति भएका बालक राजुराजारामकै जुम्ल्याहाको रूपमा देखइएको हुन्छ। त्यतिले नपुगेर उनलाई विभिन्न शरीरिक यातना समेट दिइन्छ । असह्‌य भएर कामनाले अ‍ाफ्ना अबुझ छोरालाई राजु, राजा रामको ठेगाना लेखिएको चिठ्ठी घाँटीमा झुण्ड्‍याइदिएर भाग्न लगाउँछ । गाउँबाट शहरमा अ‍ाफनो बच्चालाई भेट्न जान लागेका राजु, राजा, रामले बाबु (सुस्तमनस्थित भएका कामनाका छोरा) लाई देख्छ। बाबु राजुराजाराम जस्तै देखिने भएकाले उनीहरू झुकिन्छन् । अ‍फ्नो बच्चा सुस्तमनस्थितिमा देखेर उनीहरू अ‍ात्तिन्छन् । उनलाई उपचार गर्न काठमाडौं लैजाने निर्णय हुन्छ र साथमा राजुराजारामका साथी सुन्तली (रेजीना) पनि शहर अ‍ाउँछन् ।
कयाम्पस पढ्न गएका राजुराजारामलाई त्यहाँका विद्यार्थीजरूले उल्लु बनाउँछ र उसलाई क्यम्पसले सजाय पनि दिन्छ । राजुराजारामले पानि ती विद्यर्थीहरूलाई उल्लु मनाउँछ । उसले क्याम्पसमा गुण्डाहरूको कारण रोकिन लागेको जाँचलाई सुचारू बनाउँछ । यसैबाट प्रभावित भएर अस्मिता (झरना थापा) ले उसलाई मन पराउँछ र ऊ सँग प्रम बस्छ ।
कामना पनि अजितको घरबाट भाग्छन् । अजितका चम्चाहरू उनलाई पछ्‌याउँदै अ‍ाउँदा राजुराजाराम संग जम्काभेट हुन्छ । बाबु सम्झेका राजुराजारानले बोलेको सुन्दा ती चमचाहरू झस्कन्छ र झम्टन्छन् । झडपमा राजाराजुराम घाइते जुन्छन् । त्यसैबेला राजु, राजा, राम अनि सुन्तली र बाबु पनि त्यहीं अ‍ाइपुग्छन् । राजु,राजा, र रामले ती गुण्डाहरूलाई तहलाउँछन् । कामनालाई हजितको ज्यादतिबाट जोगाउन र उनको जशिकार दिलाउन राजु, राजा र राम भेऋ भदलेर र राजुराजाराम बाबु बनेर अजितको घर पस्छन् । उनीहरूले अजितको घरमा फुट

ल्याउँछ र त्यसै क्रममा बुहारीको हत्या पनि हुन्छ । अजितले छोरालाई घरबाट निकाल्छ । चलचित्रको उत्तरार्धमा अजितले सम्पत्तिको नक्कली कागज (जुन उसले पछि मात्र थाहापाउँछ) पाएपछि आफ्नीश्रीमतिको पनि हत्या गर्छ । ती सबै क्रियाकलाप राजुराजारामले भिडियो क्यामरामा खिचेका हुन्छन् । त्यो कुता उल्लेख हुँदै उर्दा अजितका छोरा सुन्तली र बाबुलाई बन्दी बनाएर त्हाँ आइपुग्छन् । त्यसपछि कामना, सुन्तली अस्मिता रा बाबुलाई लिएर हजित आफनो छोरा र गुण्डाहरू संगै कसैले नदेख्‍ने एकान्त ठाउँमापुग्छन् । त्यहाँ बाबुलाई सम्पतिको कागजमा ल्याप्चे लाउन बाध्यपार्न कामनालाई कोर्दाले पिट्छ । बिवस बाबु ल्याप्चे लगाउँदै गर्दा राजुराजाराम आएर बाबुलाई राक्छ । उनी दोहोरो भडन्तमा घइते हुन्छन् । अनि राजु, राजा, राम आएर सबै गुण्दाहरूलाई परास्त गर्छन् । राजुराजारामले अजितलाई मर्नेगरि कुट्छ रा बाबुले ढुङ्‍गालेकिचेर मार्छ । यसरी कथा टुङ्गिन्छ।